दफा १४
पदाधिकार कायम रहने
देहायको अवस्थामा कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहनेछः–
(क) त्यस पदमा कामकाज गरिरहँदा सम्म ।
(ख) अर्को पदमा सरुवा भई कार्यभार सम्हाल्न पाइने म्याद सम्म ।
(ग) बिदा स्वीकृत गराई बसेको बखत ।
(घ) निलम्बन रहेको बखत ।
(ङ) नेपाल सरकारद्वारा सरकारी वा गैर सरकारी काममा खटाइएका बखत वा कुनै अन्य पदमा कायम मुकायम भई काम गरेको बखत ।